नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

भारत उत्तराखण्डको बद्रीनाथ धामबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटना

भारत उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनको सहस्रधाराका लागि उडेको एउटा हेलिकप्टर खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटना भएको छ ।

ट्रान्स भारत एभिएसन प्रालिद्वारा सञ्चालित यो हेलिकप्टरमा ५ जना तीर्थयात्री र एक पाइलट गरी ६ जना रहेका छन् । जोशीमठ उपत्यकाको आकाशमा उड्दै गर्दा सञ्चारसम्पर्क विच्छेद भएको र अवस्था पत्ता लगाउने प्रयास भैरहेको छ ।

मुख्यमन्त्री पुष्करसिंह धामी र सेनाले दुर्घटनाको पुष्टि गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरको खोजी कार्य तीव्र पारिएको छ ।

प्रकाशित मिति:
थप विश्व