नेभिगेशन

गणेश नेपालीको आत्मदाह प्रकरण र सुकुम्वासी व्यवस्थापनबारे रवि र बालेन्द्रबीच छलफल

काठमाण्डौ — गणेश नेपालीको आत्मदाह प्रकरण, सुकुम्वासी व्यवस्थापन लगायतका विषयमा प्रधामन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच छलफल भएको छ ।

लामिछानेको निवास बुढानिलकण्ठमा हिजो भएको भेटमा सरकारका कामकारबाही लगायत समसामयिक विषयमा छलफल भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।

छलफलमा सभापति लामिछानेले सुकुम्वासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर चासो राख्दा प्रधानमन्त्री शाहले सुकुम्वासी व्यवस्थापनको सबै काम भइरहेको र अब छिटै समाधान हुने जवाफ दिनुभएको छ ।

यस्तै त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्रीबीच छलफल भएको छ । प्रधानमन्त्री शाहले गणेश नेपालीको सम्बन्धमा काठमाण्डौ महानगरपालिकाले गरेको सहमति र केन्द्र सरकारले गरिरहेको कामबारे जानकारी दिनुभएको थियो ।

यस्तै प्रधानमन्त्री शाहले सरकारले आवश्यक नीति र रणनीति बनाएर काम गरिरहेको जानकारी पनि पार्टी सभापति लामिछानेलाई गराउनुभएको उहाँहरु निकट नेताहरुले बताएका छन् ।   

प्रकाशित मिति:
थप राजनीति