नेभिगेशन

थाईल्याण्डको बैंककमा रहेको एक बारमा मध्यरातमा ठूलो आगलागी

थाइल्याण्डको राजधानी बैंककको एक बार तथा रेस्टुरेन्टमा गएराति भएको ठूलो आगलागीमा कम्तीमा २७ जनाको ज्यान गएको छ भने ६० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

केही व्यक्ति अझै बेपत्ता रहेकाले मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मध्यरातमा थाईल्याण्डको चातुचक जिल्लामा रहेको रोङ बियर ना लाट फ्राओ नामक बारमा आगलागी भएको हो ।  

दमकल टोली घटनास्थलमा पुगेर झण्डै आधा घण्टामै आगो नियन्त्रणमा लिए पनि त्यसअघि नै ठूलो मानवीय क्षति भइसकेको खबरमा उल्लेख छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बारको मुख्य प्रवेशद्वारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू ज्यान जोगाउन भागिरहेका तथा केही आगोले जलेको अवस्थामा बाहिर निस्किरहेको देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमा १८ महिला र ९ जना पुरुष रहेका छन् । थाई अधिकारीहरूले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरेका खबरमा उल्लेख छ ।

प्रकाशित मिति:
थप विश्व