नेभिगेशन

चितवनको देवघाटमा १२ घण्टामा २५० मिलिमिटरभन्दा धेरै वर्षा

काठमाण्डौ - चितवनको देवघाटमा २५० मिलिमिटर भन्दा धेरै वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनको नारायणी देवघाटमा २५०.४ मिलिमिटर मापन भएको छ ।

बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको हो । गण्डकीको कास्कीसहित धेरै ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने क्रम रोकिएको छैन । सुदूरपश्चिम प्रदेशबाहेक देशका अन्य धेरै ठाउँमा पानी परेको छ । पानी परेका क्षेत्र, खोला तथा नदी किनार आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति:
थप समाज