नेभिगेशन

सुकुम्वासीलाई श्रम मन्त्री यादवको आश्वासन

काठमाण्डौ - सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई सीप र रोजगारमा आबद्ध गराउने प्रतिबद्धता जनाएको छ । 

भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा पुगेर सुकुम्वासीसँग भेट गरी युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुम्वासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने बताउनुभएको छ । उनीहरूलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी त्यसै अनुसारको सीप विकास तथा रोजगार कार्यक्रम ल्याइने मन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो । 

उहाँकाअनुसार यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यसअन्तर्गत शाखाले गृहकार्य गरिरहेका छन् । तालिमको आवश्यकता पहिचान (ट्रेनिङ निड एसेस्मेन्ट) का आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुनेछन् । 
 

प्रकाशित मिति:
थप राजनीति