नेभिगेशन

प्रधानमन्त्री शाह लामो समयपछि संसदमा उपस्थित

काठमाण्डाै – प्रधानमन्त्री बालेन्द्र शाह लामाे समयपछि प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुभएकाे छ । प्रधानमन्त्री शाह जेठ १७ गतेपछि पहिलाे पटक प्रतिनिधिसभा बैठकमा उपस्थित हुनुभएकाे हाे ।

आज बिहान ११ बजे बैठक शुरू भए पनि प्रधानमन्त्री शाह दिउँसाे पाैने २ बजेतिर संसदमा प्रवेश गर्नुभएकाे हाे । उहाँ झन्डै २० मिनेट बसेर बाहिरिनुभयाे । प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सँगै संसदमा प्रवेश गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री प्रवेशका बेला संसदीय मर्यादा तोडेको भन्दै विरोधसमेत भएको छ । राप्रपाकी सांसद खुश्बु वलीले बोलिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसन अगाडिबाट हिँडेको भन्दै एमाले सांसद ऐन महरले नियमापत्ति जनाउनुभएको छ ।

उहाँले यो कार्य प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ‘छ’ विपरीत भएको दाबी गर्दै संसद्को मर्यादा कायम राख्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । एमालेले घटनाबारे सभामुखबाट स्पष्ट रुलिङ आउनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति:
थप राजनीति