नेभिगेशन

सिन्धुपाल्चोकमा पछिल्लो १२ घण्टामा ७२ मिलिमिटर वर्षा

काठमाण्डौ - सिन्धुपाल्चोकमा गएराति सबैभन्दा धेरै वर्षा भएको छ । 

पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको हो । 

आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति कोशी  प्रदेशको पहाडी भू–भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रकाशित मिति:
थप समाज