नेभिगेशन

राज्यले नागरिकलाई आतङ्कित बनाउने होइन : मनिष झा

काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । 

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले राज्य आफैँले नागरिकलाई आतङ्कित बनाउन नहुने धारणा राख्नुभएको छ । नेता झाले सञ्चार गृह र अन्य ठाउँमा गाडी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ । 

यस्तो बचपना देखाएर राजकाज चल्छ ? उहाँको प्रश्न छ । अस्ति सोमबार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शङ्कास्पद ढङ्गले गाडी पार्क गरेर चालक सम्पर्कविहीन भएका थिए । 

कान्तिपुर अगाडि पार्क गरेको गाडी रास्वपाका नेताको भएको खुलेको थियो । रास्वपाले पनि यो घटनामा संलग्नलाई कारबाही गर्न माग गरिसकेको छ । सभापति लामिछानेले रास्वपाकै व्यक्ति संलग्न भए पनि कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
Capture-1784090712.JPG
 

प्रकाशित मिति:
थप राजनीति