नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

भारतमा १८ दिनदेखि अनशनरत पर्यावरण अभियन्ता वाङचुकको स्वास्थ्य अवस्था बिग्रिँदै

भारतको दिल्ली उच्च अदालतले शिक्षाविद् तथा पर्यावरण अभियन्ता सोनम वाङचुकको अनशनका सम्बन्धमा केन्द्र सरकारसँग जवाफ मागेको छ ।

वाङचुकले दायर गर्नुभएको ‘पीआईएल’ अर्थात् सार्वजनिक हक वा सरोकार मुद्दाको सम्बन्धमा अदालतले आज केन्द्र र दिल्ली सरकारबाट जवाफ मागेको हो । ‘पीआईएल’ मा वाङचुकले जीवन बचाउन तत्काल सरकारी हस्तक्षेपको माग गर्नुभएको बीबीसीले जनाएको छ ।

कानूनी समाचार र विश्लेषण समेट्ने वेबसाइट ‘बार एन्ड बेन्च’ का अनुसार सामाजिक अभियन्ता तथा अधिवक्ता राकेश कुमार सैनीले ‘पीआईएल’ दायर गर्नुभएको हो । विषयको गम्भीरता र तत्काल सुनुवाइको आवश्यकतालाई मध्यनजर गर्दै अदालतले भोलि यो निवेदनमाथि सुनुवाइ गर्ने जनाएको छ ।

विभिन्न परीक्षामा भएको अनियमितता प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई राजीनामा दिन दबाव दिँदै सोनम वाङचुक १८ दिनदेखि अनशनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ र अनशन शुरू भएपछि तौल ८.४ किलोग्रामभन्दा धेरै घटिसकेको छ । यस्तै उहाँको रक्तचाप पनि घट्दै गएको छ ।

दिल्लीकाे जन्तर मन्तरमा ‘ककरोच जनता पार्टी’ (सीजेपी) द्वारा आयोजित विरोध प्रदर्शनमा सहभागी हुनुभएका अभियन्ता वाङचुक त्यसयता निरन्तर अनशनमा हुनुहुन्छ ।

प्रकाशित मिति:
थप विश्व