नेभिगेशन

सम्पत्ति छानबिन आयोगका नाममा सर्वाेच्चकाे दोस्रो अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका नाममा दोस्रो पटक अन्तरिम आदेश जारी गरेको छ ।

पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको नेतृत्वमा गठित आयोगविरुद्ध पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह र अधिवक्ता मनीराम उपाध्यायले दायर गरेका छुट्टाछुट्टै दुई रिटमा न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज आदेश दिएको हो ।

सिंहले पूर्वन्यायाधीशहरूको सम्पत्ति छानबिन गर्न नमिल्ने भन्दै रिट दायर गर्नुभएको थियो भने उपाध्यायले आयोगले जारी गरेको नयाँ सूचनाविरुद्ध रिट हाल्नुभएको थियो ।

यो विषयमा सर्वोच्चले असार २६ गते पहिलो अन्तरिम आदेश जारी गरिसकेको छ । तर आयोगले भने अस्ति सोमवार सूचना निकालेर बहालवाला/पूर्वन्यायाधीश र सैनिक अधिकारीको हकमा मात्र छानबिन स्थगित रहेको दाबी गरेको छ ।

प्रकाशित मिति:
थप राजनीति