नेभिगेशन

मरिसस बन्याे आईसीसीको १११औँ सदस्य, फ्रान्स क्रिकेटलाई ‘चेतावनी’

काठमाण्डाै – मरिसस आईसीसीको १११औँ सदस्य देश बनेको छ । स्कटल्यान्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वार्षिक बैठकले मरिससलाई १११औँ सदस्य देशका रूपमा अनुमोदन गरेको हो ।

यस्तै बैठकले ‘क्रिकेट वेस्ट इन्डिज’ लाई १ करोड २८ लाख २० हजार अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ ।

यसैगरी ‘क्रिकेट क्यानडा’ को निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण भएको छ । यी शर्तहरू पूरा नभएसम्म ‘क्रिकेट क्यानडा’ निलम्बनमै रहनेछ ।

यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लङ्घन गरेको भन्दै ‘फ्रान्स क्रिकेट’ लाई सचेत गराउने निर्णय गरेको छ ।

आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति पनि गठन गरेको छ । समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का देवाजित सैकिया, क्रिकेट दक्षिण अफ्रिकाका डा. मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डा. रोज रिभाज सदस्य रहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद