नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

रोनाल्डोको १५ मिनेटकाे ह्याट्रिकमा अल नासर विजयी

काठमाण्डाै – साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जीत हासिल गरेको छ । गएराति रियादको अल–अव्वल पार्कमा भएको खेलमा अल नासरले अल खुलुदलाई ५–३ गोलले हरायो ।

अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले खेलको ६६औँ, ७२औँ र ८१औँ गरी १५ मिनेटभित्र ३ गोल गरे । यस्तै एन्जेलो गाब्रियल र साडियो मानेले १/१ गोल गरे । अल खुलुदका जुलियन डोमिन्गुएसले २ र एन्टोइन एसोम्बाले १ गोल गरे ।

यो जीतसँगै अल नासर ११ खेलमा २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । अल खुलुद लगातार पाँचौँ हार बेहोर्दै ११ खेलमा १२ अङ्कसहित १०औँ स्थानमा छ ।

आफ्नो करियरमा कीर्तिमानी १ हजार गोलको खोजीमा रहेका ४१ वर्षीय रोनाल्डोको गोल सङ्ख्या ९८५ पुगेको छ ।

प्रकाशित मिति:
थप खेलकुद