नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

एनपीएल : काठमाण्डाैलाई हराउँदै जनकपुरकाे पहिलाे जीत

काठमाण्डाै – काठमाण्डौ गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत हासिल गरेको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले काठमाण्डौलाई ८ विकेटले हरायो ।

काठमाण्डौले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । जनकपुरका मोइन अलीले नटआउट ५८, सैफ हसनले नटआउट ४० रन बनाए । काठमाण्डौका रिपन मण्डलले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाण्डौले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । काठमाण्डौका भीम सार्कीले ३३ रन बनाए । जनकपुरका राहुल यादवले ४ विकेट लिए ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाण्डौको यो पहिलो खेल हो ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्स खेल्दैछन् । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियाे ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद