नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

एनपीएल : काठमाण्डाैले दियाे जनकपुरलाई ११६ रनकाे लक्ष्य

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डौ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाण्डौले १९ ओभर ३ बलमा ११५ रन बनाउँदा सबै विकेट गुमायो । काठमाण्डौका भीम सार्कीले ३३ रन बनाए । जनकपुरका राहुल यादवले ४ विकेट लिए ।

प्रतियोगितामा काठमाण्डौको यो पहिलो र जनकपुरको दोस्रो खेल हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्स खेल्दैछन् । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको छ ।

आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद