नेभिगेशन

बबरमहलमा ३ घण्टामा ४९ मिलिमिटर वर्षा

काठमाण्डाै – आज सुरदुरपश्चिम प्रदेशको १/२ ठाउँ र बाँकी प्रदेशको केही ठाउँमा पानी परेको छ । काठमाणडै उपत्यकासहित देशका केही ठाउँमा मध्ययमस्तरको वर्षा मापन भएको छ ।

काठमाण्डौको बबरमहल क्षेत्रमा ३ घण्टामा ४९ मिलिमिटर वर्षा मापन भएको छ । आज माइतीघरसहित काठमाण्डौका केही ठाउँमा सडकमा बाढी आएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन अलि धेरै सक्रिय देखिएको छ । बितेको १ घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा ४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

आज राति कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड र लुम्बिनी प्रदेशको तराई भेगका १/२ ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्सि शनिवारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति:
थप समाज