नेभिगेशन

नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद सजाय

काठमाण्डाै – विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा ८ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो ।

विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि ८ वर्ष ६ महिना कैद सजाय तोकेको छ । नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई अदालतले थप ६ महिना कैद तोकेको हो ।

रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भने कायम गरेको छैन । घुस लिएको भनिएको रकम ३ करोड ८ लाख रुपैयाँलाई दामासाहीमा बाँडेर १ करोड ५४ लाख रुपैयाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ ।

प्रकाशित मिति:
थप समाज