नेभिगेशन

धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाण्डौ — पहिरोका कारण हिजो बेलुकीदेखि अवरुद्ध पृथ्वी राजमार्ग अहिले बिहानदेखि सञ्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

रातको समयमा पानी समेत परेपछि प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाडी सञ्चालनमा रोक लगाएको थियो । काठमाण्डौबाट धादिङ हुँदै बाहिरिने गाडीलाई नागढुंगामै रोकिएको थियो ।

बिहान पहिरो पन्छाएपछि गाडी सञ्चालन हुन थालेका धादिङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मुग्लिन–नारायणगढ सडकमा पनि अहिले निर्वाध रुपमा गाडी चलिरहेका छन् । 

प्रकाशित मिति:
थप समाज