नेभिगेशन

दीपेन्द्रसिंह ऐरीको एकदिवसीय अलराउन्डर वरीयता सुधार

काठमाण्डौ — दीपेन्द्र सिंह ऐरीको एकदिवसीय अलराउन्डर वरीयतामा एक स्थान सुधार भएको  छ । आइसिसीले जारी गरेको एकदिवसीय अलराउन्डर वरीयतामा २२ औं स्थानमा रहेका छन् ।  

सन्दीप लामिछाने ६१ औं स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी ६६ औं स्थानमा तल झरेका छन् ।  उनी दुई स्थान तल झरेका हुन् । गुल्सन झा एक स्थान माथि उक्लदै ७२ औं स्थानमा रहेका छन् । यस्तै करण केसी ३ स्थान तल झर्दै वरीयताको ९० औं स्थानमा रहेका छन् ।

 यसैगरी एकदिवसिय ब्याटिङमा नेपालका आशिफ शेख ७७ औं, दीपेन्द्र ८२, कुशल भुर्तेल ९५ औं र कप्तान रोहित पौडेल ९९ औं स्थानमा रहेका छन् ।  यस्तै एकदिवसीय बलिङमा सन्दीप एक स्थान तल झर्दा ३१ औं स्थानमा रहेका छन् । ललित पनि एक स्थान तल झर्दा वरियताको ४६ औं स्थानमा छन् । 
 

प्रकाशित मिति:
थप खेलकुद