नेभिगेशन

सरकारले जनहित विपरीतका निर्णय गरेमा पार्टीले तत्कालै सच्याउने रास्वपा सभापति लामिछानेको भनाइ

काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वको सरकारको नियतमा कुनै शंका नरहेको बताउनुभएको छ । 

हिजो रौतहटमा पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारका निर्णयमा कहिलेकाहीँ समस्या आउन सक्छ, तर नियत खराब नहुँदा त्यस्ता निर्णय तत्काल सच्याउन सकिने बताउनुभयो । किसान, मजदुर र विपन्न वर्गलाई हानि पुर्‍याउने कुनै पनि नीति कालान्तरमा परिवर्तन गरिने उहाँको भनाइ छ । 

शुरुमा विवादमा परेका धेरै निर्णय पछि सही साबित भएको उदाहरण पनि रहेको भन्दै उहाँले साँच्चै खराब निर्णय भएको भएमा सच्याउने बताउनुभयो । 

पार्टी गलत बाटोमा गएमा खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह गर्दै लामिछानेले सरकारले कमजोरी गरेमा पार्टीले अभिभावकत्व लिने बताउनुभयो । 
 

प्रकाशित मिति:
थप राजनीति