नेभिगेशन

भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ को सफल प्रक्षेपण

भारतको निजी अन्तरिक्ष कम्पनी स्काईरूट एरोस्पेसले भारतको पहिलो निजी अर्बिटल रकेट ‘विक्रम–१’ सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

हैदराबादको कम्पनीले रकेटको प्रक्षेपण आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार दिउँसो १२ बजेर ५ मिनेटमा गरेको बीबीसी हिन्दीले जनाएको छ । यसअघि यो रकेट बिहान साढे ११ बजे प्रक्षेपण गर्ने तालिका रहे उडान हुनुभन्दा झण्डै ५ मिनेट पहिले काउन्टडाउन रोकिएको थियो । केही समयपछि प्रक्रिया फेरि शुरु गरेर  रकेटलाई सफलतापूर्वक प्रक्षेपण गरेको कम्पनीले जनाएको छ ।

बीबीसीका अनुसार यो परीक्षण उडानलाई ‘मिशन आगमन’ नाम दिइएको छ । यस मिशन अन्तर्गत विक्रम–१ धेरै प्राविधिक परीक्षणसँग जोडिएका पेलोड लिएर प्रस्थान गरेको छ । रकेटले प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा पोस्टकार्ड र ‘कस्मिक ब्लूम’ नामक एउटा कलाकृति पनि लिएर गएको छ । स्काईरूट एरोस्पेसले यसअघि सन् २०२२ मा ‘विक्रम–एस’ सबअर्बिटल रकेट पनि लन्च गरेको थियो । 

यसैबीच भारतको पहिलो निजी अर्बिटल रकेट ’विक्रम–१’ को सफल प्रक्षेपणमा भारतीय अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख वी. नारायणनले प्रशंसा गर्नुभएको छ । आठ वर्षअघि मात्र शुरु भएको स्टार्टअप कम्पनी स्काइरुट एरोस्पेसले प्राप्त गरेको सफलता उच्च स्तरको रहेको उहाँले बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । 

प्रकाशित मिति:
थप विश्व