नेभिगेशन

युक्रेनसँगको युद्धका कारण रुसीहरू फेरि नगद कारोबारतर्फ फर्किए

मोबाइल इन्टरनेट बन्द हुँदा कार्डमार्फत हुने भुक्तानीमा अवरोध आएपछि रुसीहरू फेरि नगद कारोबारतर्फ फर्किएका छन् ।

युक्रेनसँगको युद्ध शुरू भएको ४ वर्षभन्दा धेरै सयम बितिसक्दा बढ्दो आर्थिक दबावका कारण कर छल्न खोज्ने व्यवसायीहरूको सङ्ख्या पनि बढेको बीबीसीले जनाएको छ ।

रुसी केन्द्रीय बैंकको तथ्याङ्कअनुसार यस वर्षको शुरुआतदेखि झन्डै २० अर्ब अमेरिकी डलर बराबर नगद प्रवाह भएको छ । कोभिड–१९ महामारीको समयबाहेक अन्य कुनै पनि वर्षको यही अवधिको तुलनामा यो सबैभन्दा धेरै वृद्धि हो ।

युक्रेनी ड्राेन आक्रमणहरूकाे लहरका बीच नगद कारोबारमा वृद्धि देखिएको हो । यी आक्रमणहरूका कारण रुसले पटक–पटक देशका ठूला भू–भागमा मोबाइल इन्टरनेट सेवा बन्द गर्नुपरेको छ जसले गर्दा धेरै मानिसहरू कार्डमार्फत भुक्तानी गर्न असमर्थ भएका छन् । सरकारका अनुसार ड्रोन आक्रमणहरूको सामना गर्न इन्टरनेट सेवा बन्द गर्नुपरेको हो ।

बढ्दो बजेट घाटाको सामना गरिरहेको र युक्रेन युद्धका लागि आवश्यक रकम जुटाउन प्रयास गरिरहेको अवस्थामा अहिले देखिएको यो परिवर्तनले रुसका लागि कर सङ्कलन गर्न कठिन भइरहेको छ ।

इरान युद्धपछि तेलको मूल्यमा भएको पछिल्लो वृद्धिका कारण रुसले लाभ लिइरहेको भए पनि समग्र अर्थतन्त्र भने सुस्त हुँदै गइरहेको छ । रुसको तेल तथा ग्यास क्षेत्रले राज्यको कुल राजस्वको झन्डै एक चौथाइ हिस्सा ओगट्छ ।

प्रकाशित मिति:
थप विश्व