नेभिगेशन

काठमाण्डौ बाहिर जाने गाडी नागढुंगामै रोकिए, पहिरो पन्छाउन अझै केहीबेर लाग्ने

काठमाण्डौ — काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य नाका नागढुंगा–मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जवाङ खोलानजिकै र चितवनको इच्छाकामना गाउँपालिका फिसलिङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण काठमाण्डौ बाहिर जाने गाडीलाई नागढुंगामै रोकिएको छ ।

यसैगरी काठमाण्डौ भित्रिने गाडीलाई कुरिनटारमा रोकेर राखिएको प्रहरीले जनाएको छ । पहिरो पन्छाउन अझै केही समय लाग्ने धादिङ र चितवन प्रहरीले जनाएका छन् ।

नारायणगढ–मुग्लिन–पोखरा सडक भने खुला छ । यसैगरी काभ्रेको रोशीमा पनि पहिरो खसेका कारण बीपी राजमार्ग गएरातिदेखि बन्द छ । सडक खुलाउने प्रयास भैरहेको काभ्रे प्रहरीले जनाएको छ । 
  

प्रकाशित मिति:
थप सडक र सवारी