नेभिगेशन

पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ - आज देशका पहाडी क्षेत्रको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । 

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । 

मधेस र कोशी प्रदेशको तराई भागमा पनि आंशिक बादल लागेको छ । दिउँसो पहाडी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागको एक /दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ । त्यस्तै आजराति पनि पहाडी भागको केही र तराई भागका थोरै ठाउँमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भागका एक /दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति:
थप समाज