नेभिगेशन

नेपाली कांग्रेसको नयाँ अभियान शुरू

काठमाण्डाै – नेपाली कांग्रेसले ‘जरा अभियान’ समापन गर्दै ‘नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान’ शुरू गरेको छ ।

आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको घोषणा गर्नुभएको हो ।

यसअघि कांग्रेसले गएको वैशाख १ गते शुरू गरेको ‘जरा अभियान’ अन्तर्गत गाउँगाउँमा सदस्यता विरणतसँगै छलफल, सभा, सम्मेलन आयोजना भएको थियो ।

सभापति थापाले बीपी स्मृति दिवसका अवसरमा हिजो कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई ‘गगन थापा निन्दा’ प्रतियोगिताको संज्ञा दिँदै त्यसमा आफूले धेरै ध्यान नदिएको बताउनुभयो । सबैलाई समेटेर पार्टीलाई अगाडि लैजान सक्दो प्रयास गरिरहेको उहाँकाे भनाइ छ ।

यसैबीच आन्तरिक विवादमा जेलिएको कांग्रेस गम्भीर मोडमा पुगेको छ । विशेष महाधिवेशनपछि सभापति गगनकुमार थापा र संस्थापन इतर पक्ष—पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूहबीचको दूरी बढ्दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो ।

विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतरपक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेलामार्फत नयाँ दल गठन गर्नेसम्मको रणनीति बनाएको छ ।

प्रकाशित मिति:
थप राजनीति