नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

मधेशका पूर्वअर्थमन्त्रीसहित ७ जना भ्रष्टाचार मुद्दा

काठमाण्डाै – मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।

सर्लाहीको बाग्मती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले साहसहित मधेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज न्यौपाने र ठेकेदार बिकोई धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले ३९ करोड ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री साह र सचिव ठाकुरमाथि ३५ करोड रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै मेयर थापा, उपमेयर मोक्तान र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि ३९ करोड ३९ लाख रुपैयाँ हानि/नोक्सानी पुर्‍याएकाे आरोप छ ।

प्रकाशित मिति:
थप समाज