नेभिगेशन

हाम्रा कमजोरीमाथि टेकेर नेपाली नागरिकलाई ‘अफिम’ खुवाए : प्रचण्ड

काठमाण्डाै – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको बताउनुभएको छ ।

पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आज काठमाण्डाैमा आयोजित एक कार्यक्रममा प्रचण्डले कम्युनिस्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अलमलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको बताउनुभयाे ।

उहाँले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ नागरिकलाई कमजोर बनाएर स्रोत–साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको जिकिर गर्नुभयाे । वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको कमजोरीमाथि टेकेर नेपाली नागरिकलाई पनि अफिम खुवाएको उहाँले टिप्पणी गर्नुभयाे ।

प्रचण्डले भन्नुभयो, ‘हामीले नयाँ पुस्तालाई निरन्तर स्कुलिङ गर्न नसक्दा हाम्रो कमजोरीमाथि टेकेर नेपाली नागरिकलाई अफिम खुवाएछन् । सोसल मिडियाबाट अल्गोरिदम म्यानिपुलेशनकाे अफिम । अफिममै लठ्ठ पारिदिए सबैलाई, अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ । अर्को  कुनै उपाय छैन ।’

– न्यूज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति