नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

भारतमा शिक्षा सुधारसम्बन्धी आन्दोलन आज पनि जारी

भारतमा चलिरहेको शिक्षा सुधारसम्बन्धी आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पाटीले तेस्रो चरणको वार्ता अघि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा दिनु पर्ने बताएको छ । 

पार्टीका प्रवक्ता आशुतोष रांकाले सामाजिक सञ्जाल ‘एक्स’मा सरकारको तर्फबाट शिक्षामन्त्रीको राजीनामा आउँदैन भन्ने जवाफ आए वार्ताअगाडि बढाउनुको अर्थ नरहने बताउनुभएको हो । कक्रोच जनता पार्टी र सरकारबीच आज तेस्रो चरणको वार्ता हुने तय भएको थियो । यसअघि भएका दुई चरणका वार्तामा केही मागहरूमा दुवै पक्षबीच सहमति बनेको जानकारी सार्वजनिक भइसकेको छ  । 

यसैबीच भारतीय लोकसभाका विपक्षी नेता राहुल गान्धीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानलाई शिक्षा मन्त्रालयबाट हटाएर अर्को मन्त्रालय दिनेबारे छलफल भइरहेको सूचना आफूले पाएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । गएको सोमबार दिल्लीबाट सुरु भएको विद्यार्थी र कक्रोच जनता पाटीको प्रदर्शन भारतका विभिन्न राज्यमा फैलिएको छ । 

योग्यता तथा प्रवेश परीक्षा (नीट) को प्रश्न पत्र चुहावट प्रकरणलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ । 

प्रकाशित मिति:
थप विश्व