नेभिगेशन

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन,एकहप्ताभित्र प्रतिवेदन बुझाउने समयसिमा

काठमाण्डाै —   सरकारले सुनसरीमा भएको घटनाको छानबिन गर्न सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

गृहमन्त्रालयले गठन गरेको समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । सुनसरी घटनाका विषयमा छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक डाकिएको छ ।

समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सुनसरी घटनाबारे आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सोही छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।

छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए ।

प्रकाशित मिति:
थप समाज