नेभिगेशन

४ वटा प्रकृतिका मुद्दाका सुनुवाइमा प्रत्यक्ष प्रसारण नगर्न सर्वाेच्चकाे आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले ४ वटा प्रकृतिका मुद्दाका सुनुवाइमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ । न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले प्रचलित कानूनअनुसार गोपनीय राख्नुपर्ने विषय, बन्द इजलासबाट सुनुवाइ हुने विषयवस्तुलगायतलाई प्रत्यक्ष प्रसारण नगर्न आज अन्तरिम आदेश जारी गरेको हो ।

भर्खरै विशेष अदालत, उच्च अदालत जनकपुर र केही उच्च अदालतले प्रत्यक्ष प्रसारण गरेका थिए । त्यस्तै सर्वोच्चले पनि संवैधानिक इजलासको लाइभ प्रसारण गरिरहेको थियो । यस्तै प्रत्यक्ष प्रसारण गरिएका अन्य कारबाहीहरूलाई अनुचित रूपबाट सम्पादन/तोडमोड वा दिग्भ्रमित गरी बनाइएका भिडियो क्लिप पनि प्रसारण नगर्न/नगराउन अदालतले आदेश दिएको छ ।

सर्वोच्चका अनुसार प्रचलित नेपाल कानूनअनुसार गोपनीयता कायम गर्नुपर्ने मुद्दा, बन्द इजलासबाट सुनुवाइ गर्नुपर्ने मुद्दा, मुद्दाका पक्ष/विपक्ष तथा उनीहरूर्फका कानून व्यवसायीले गोपनीयता कायम गरियोस्–प्रत्यक्ष प्रसारण नगरियोस् भनी अनुरोध गरिएको मुद्दा र अदालत/इजलासबाट प्रत्यक्ष प्रसारण गर्न उपयुक्त नरहेको भनी ठहर्‍याएका विषय/मुद्दाको प्रत्यक्ष प्रशारण गर्न पाइँदैन ।

प्रकाशित मिति:
थप राजनीति