नेभिगेशन

ठूलो ब्याट्री, प्रिमियम फिचर्ससहित नयाँ टाटा पन्च ईभी नेपाली बजारमा

काठमाण्डाै – टाटा मोटर्सले ठूलाे ब्याट्री क्षमता, थप स्मार्ट र प्रिमियम फिचर्ससहितकाे नयाँ टाटा पन्च विद्युतीय गाडी (ईभी) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार नयाँ टाटा पन्च ईभीमा लामाे रेन्ज, एसयूभीकाे आकर्षक डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्सले प्रयाेगकर्तालाई नयाँ अनुभव दिनेछ ।

याे ईभीमा चालक तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै अत्याधुनिक सुरक्षा प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । याे ईभीले ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेकाे छ ।

आधुनिक प्रविधि, आरामदायी इन्टेरियर, आकर्षक डिजाइन, उच्च सुरक्षा सुविधाको संयोजनले नयाँ टाटा पन्च ईभी नेपाली बजारमा विद्युतीय कारकाे बलियो प्रतिस्पर्धी बन्ने कम्पनीकाे विश्वास छ ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा यो मोडल आधिकारिक रूपमा सार्वजनिक गर्ने कम्पनीकाे तयारी छ । त्यही बेला टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यसको मूल्य र उपलब्धताबारे विवरण सार्वजनिक गर्नेछ ।

प्रकाशित मिति:
थप सडक र सवारी