नेभिगेशन

प्रमुख निर्वाचन आयुक्त र आयुक्तकाे शपथ

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा दुई आयुक्त गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।

प्रमुख आयुक्त कार्कीले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माबाट शपथ लिनुभएकाे हाे । प्रधानन्यायाधीशबाट शपथ लिएलगत्तै प्रमुख कार्कीले दुई आयुक्त वाग्ले र सुब्बालाई शपथ गराउनुभयाे ।

यसअघि आजै राष्ट्रपति पाैडेलले संवैधानिक परिषद्काे सिफारिशमा उहाँहरूलाई नियुक्त गर्नुभएकाे थियाे । प्रमुख आयुक्तकाे हिजाे र दुई आयुक्तकाे अस्ति मङ्गलवार संसदीय सुनुवाइ भएकाे थियाे ।

प्रकाशित मिति:
थप राजनीति