नेभिगेशन

रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ ।

पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको हो । त्यस्तै उहाँले विश्व हिन्दू महासङ्घका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

धार्मिक क्षेत्रका अगुवासँग लामिछानेले सुनसरी र सिरहालगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपील गर्न आग्रह गर्नुभएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्‍यालीसमेत निकालिएको छ । धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्‍याली निकालिएकाे हो ।

प्रकाशित मिति:
थप राजनीति