नेभिगेशन

सरकार र गणेश यादवका परिवारबीच सहमति

काठमाण्डौ — सिराहाको गोलबजारमा भएको प्रदशर्नका क्रममा गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच सहमति भएको छ ।

परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठ बुँदे सहमति भएको गृहमन्त्री सुधन गुरुङले बताउनुभएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाहसंस्कार गरिने सहमति भएको हो ।

दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने सहमति भएको छ । पीडित परिवारसँग भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरुङले सुनसरी र सिरहाका घटनाको दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनुभयो । 

प्रकाशित मिति:
थप राजनीति