नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

स्पेनमा आप्रवासी प्रवेश गरेकोबारे छलफल गर्न ईयूद्वारा आपतकालीन बैठकको आह्वान

मोरक्कोबाट स्पेनको सेउटामा आप्रवासी प्रवेश गरेको विषयमा छलफल गर्न युरोपेली सङ्घ (ईयू) ले आपतकालीन बैठकको आह्वान गरेको छ ।

स्पेन र अन्य सदस्य देशहरूबीच तनावपूर्ण अवस्थापछि, युरोपेली संघले सेउटामा देखिएको आप्रवासी सङ्कटबारे छलफल गर्न तत्काल आपतकालीन बैठक आयोजना गर्न लागेको बीबीसीले जनाएको छ ।

मोरक्कोबाट झण्डै ६० हजार आप्रवासी स्पेनको भागमा प्रवेश गरेपछि, २२ सदस्य देशहरूले समन्वयात्मक कदम चाल्न र युरोपेली संघको बाह्य सीमालाई सुदृढ बनाउन आह्वान गर्दै संयुक्त पत्र जारी गरिसकेका छन् ।

स्पेनी अधिकारीहरूका अनुसार सेउटा पुगेका लगभग सबै आप्रवासी फर्किसकेका छन् । यो घटनामा ज्यान गुमाउनेको संख्या कम्तीमा ६७ पुगेको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको बताउनुभएको छ । 

प्रकाशित मिति:
थप विश्व