नेभिगेशन

चितवनमा अप्ठेरोमा परेकालाई घरमै ग्यास उपलब्ध गराइने

काठमाण्डौ - जिल्ला प्रशासन कार्यालय चितवनले अप्ठेरोमा परेकाहरूलाई खाना पकाउने ग्यास घरमै पुर्याइदिने भएको छ । 

आज ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि एकल महिला, वृद्ध, अपाङ्गता भएका व्यक्ति, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत घरमै ग्यास पुर्‍याउने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 प्रशासन कार्यालयले ग्यास अभाव भएमा सिधै प्रमुख जिल्ला अधिकारी वा प्रशासन कार्यालयको टोल फ्री नम्बरमा फोन गन अनुरोध  गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्लामा ग्यास अभाव भइरहेको चर्चा पनि समस्यामा परेकाहरूलाई घरमै पुर्याउने व्यवस्था मिलाएको बताउनुभयो । 

चितवनमा  बाबा, साइबाबा र नेपाल ग्यास उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्यासको बजार क्षेत्र चितवन हो । चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्यास अभाव नहुने जानकारी दिएका छन् । 

प्रकाशित मिति:
थप अर्थ