नेभिगेशन

रास्वपाकै सांसदहरुले सरकारमाथि प्रश्न उठाएपछि मध्यरातमा प्रधानमन्त्रीको स्टाटस

काठमाण्डौ — प्रधानमन्त्री वालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै नआत्तिन सबैलाई आग्रह गर्नुभएको छ । हिजो मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले ढिलो होला तर गलत नहुने बताउनुभएको हो ।

सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्ने भन्दै उहाँले कहिलेकाहीँ एक्लै लड्नुपर्ने र यो पहिलो चोटी नभएको पनि उल्लेख गर्नुभएको छ । ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटि होइन ।’ उहाँले लेख्नुभएको छ । 

Balen-status-1786146126.JPG

हिजो दिउँसोको संसद बैठकमा रास्वपाकै सांसदहरुले समसामयिक विषयमा सरकारमाथि प्रश्न उठाएलगत्तै राति प्रधानमन्त्रीको यो प्रतिक्रिया आएको हो । सांसदहरु मनिष झा, इन्दिरा राना, रमेश प्रसाईं, टीका संग्रौला, कमल सुवेदी लगायतले खाना पकाउने ग्यासको अभाव, रासायनिक मलको संकट, विपन्न नागरिकको दाहसंस्कार खर्च, किसानलाई बाँदरले दिएको दुःखदेखि स्वास्थ्य उपचारसम्मका विषय उठाउँदै सरकारलाई नागरिकको दुःखमा देखिन आग्रह गरेका थिए ।

रास्वपा सांसद झाले समग्रतामा राज्य सञ्चालनमा सोच परिवर्तन आवश्यक रहेको भन्दै सरकारलाई व्यंग्यात्मक शैलीमा भन्नुभएको थियो, ‘हामीले हाम्रो सवारी साधनको कालो सिसा हटायौं, कालो स्टिकर हटायौं । अब सम्भवत कालो चस्मा पनि हटाउनुपर्छ ।’

प्रकाशित मिति:
थप राजनीति