नेभिगेशन

तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त

काठमाण्डौ — सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरेको छ। प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पदाधिकारी नियुक्त गर्नुभएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा सिन्धुलीका कुमार नगरकोटी तथा उपकुलपतिमा पर्वतका अविनाश श्रेष्ठ नियुक्त हुनुभएको छ । त्यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ललितपुरका एरिणा ताम्राकार तथा उपकुलपतिमा ललितपुरकै चन्द्रश्याम डङ्गोल नियुक्त हुनुभएको छ ।

यस्तै नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा काठमाण्डौका ब्रजेश खनाल र उपकुलपतिमा ताप्लेजुङका झुमा बनेम नियुक्त हुनुभएको छ । यी तीन वटै प्रतिष्ठानमा सदस्य–सचिव र सदस्यहरु पनि नियुक्त गरिएको छ ।

प्रकाशित मिति:
थप राजनीति