नेभिगेशन

सीमासम्बन्धी अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई कांग्रेसकाे सुझाव

काठमाण्डाै – नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन शालाई सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसद‍्मा आएर स्पष्ट पार्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रतिपक्षीले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगका रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा ‘एक्लो महसुस भयो’ भनी लेखेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहेको बताउनुभयो ।

डर र सङ्कोच नमानी संसद‍्मा आएर सीमाबारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन प्रधानमन्त्रीलाई सांसद काउचाको सुझाव छ ।

राष्ट्रिय हितभन्दा माथि कुनै दल वा सचिवालय हुन नसक्ने भन्दै सांसद काउचाले प्रधानमन्त्रीलाई तत्काल संसदमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग रुलिङको माग गर्नुभएको छ ।

यसैबीच प्रतिनिधिसभामा ३ वटा विधेयक पेश भएका छन् । बैठकमा सरकारको तर्फबाट मन्त्रीहरूले विधेयक प्रश्तुत गर्नुभएको हो ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक २०८३ प्रश्तुत गर्नुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३ प्रश्तुत गर्नुयो । त्यसैगरी युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ प्रश्तुत गर्नुभएको हो ।

प्रकाशित मिति:
थप राजनीति