नेभिगेशन

म्याग्दीको घारखोला जलविद्युत् आयोजनामा पहिरोले क्षति, पुरिएका कामदारकाे खोजी चल्दै

काठमाण्डौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा आज बिहानको पहिरोले क्षति गरेको छ ।

पहिरोले एक जना घाइते भएका छन् । अर्का एक जनाको अवस्था थाहा हुन सकेको छैन । विद्युत् गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक बरुवालको अवस्था थाहा हुन नसकेको र गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीन्दको टोलीले बरुवालको खोजी गरिरहेका छन् । घाइते विकलाई उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

विद्युत् गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर पुरिएको हो । पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृहका उपकरणमा क्षति पुगेको र उत्पादन बन्द भएको छ ।     

प्रकाशित मिति:
थप समाज