नेभिगेशन

बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्याङ्कन थालियो

काठमाण्डौ – रुपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको छ ।

मन्त्रिपरिषद्को २०८२ साल वैशाख १५ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्ने काम गरिरहेको छ ।

कारखानाले आज २१ दिने सार्वजनिक सूचना निकालेर उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई लेनदेन, कारोबार वा हरहिसाबसम्बन्धी कुनै दाबी भए प्रमाणसहित पेस गर्न भनेको छ ।

अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लेनदेन बाँकी रहेको हरहिसाब भए सूचना प्रकाशित भएको २१ दिनभित्र बुटवल–१० मा रहेको उद्योगमा दाबी पेस गर्नुपर्नेछ ।

यसैगरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेका सबै व्यक्ति तथा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ । तोकिएको २१ दिनको समयभित्र कुनै दाबी पर्न नआएमा प्रचलित कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

Notice-1786429226.png
 

प्रकाशित मिति:
थप अर्थ