नेभिगेशन

अटोमोबाइल क्षेत्र आर्थिक विकासको ‘इन्जिन’ : व्यवसायी

काठमाण्डाै – अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।

काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि शुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनु भयो ।

यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनुभएको छ ।

नेपाल अहिले ७० प्रतिशत वस्तु आयातमा निर्भर रहेको र केवल ३० प्रतिशतमात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले औद्योगिक विस्तारका लागि नयाँ रणनीति अपनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशको सडक सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ यातायात ऐनको मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को दोस्रो संस्करणमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा व्यावसायिक गाडीका साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन् । एक्स्पो आउँदाे आइतवार साउन ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति:
थप अर्थ