नेभिगेशन

कर्णालीकाे मन्त्रिपरिषद‍्मा १६ दिनदेखि मुख्यमन्त्री एक्लै

काठमाण्डाै – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीको मन्त्रिपरिषद् बितेको २ हप्तादेखि मन्त्रीविहीन अवस्थामा छ ।

गएको साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता शाहीलाई मन्त्रालय भागबन्डा मिलाउन सकस परिरहेको छ ।

मुख्यमन्त्रीबाहेकका ६ मन्त्रालयमध्ये एमालेले ४ वटामा दाबी गरेको छ भने सरकारको नेतृत्व गरिरहेको नेकपाले दुवै दललाई बराबरी मन्त्रालय हुनुपर्ने अडान राखेको छ ।

२ हप्ता बितिसक्दा पनि विनाविभागीय मन्त्रीसम्म नियुक्त गर्न नसक्दा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित बनेको छ ।

प्रकाशित मिति:
थप राजनीति