नेभिगेशन

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदाै १ गते विश्वासकाे मत लिने

काठमाण्डाै – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिनु हुने भएको छ ।

नेपाली कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने र आचार्यलाई निरन्तरता दिने सहमति भइसकेको छ ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छन् । अहिले एमालेका २९ र नेकपाका १२ जना निर्णायक सांसद रहेका छन् । सरकारलाई बहुमत पुर्‍याउन ५ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सहभागी हुने भएको छ ।

विश्वासको मत लिएलगत्तै नेकपा र जसपालाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री आचार्यको तयारी छ ।

प्रकाशित मिति:
थप राजनीति