नेभिगेशन

जापानमा ठूलो वर्षापछि भएको विपद्का घटनामा ८ जनाको ज्यान गयो

जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि भएको विपद्जन्य घटनामा कम्तीमा ८ जनाको ज्यान गएको छ । ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौं यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ ।

जापानमा अस्ति बिहीबारको वर्षालाई त्यहाँका अधिकारीले ‘अभूतपूर्व’ भनी वर्णन गरेका छन् । मौसमविद्ले यस वर्षको टाइफुन (आँधी) मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा, जापान र छिमेकी देशहरुमा आएका शृंखलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो ।

जापानमा पछिल्लो घटनाले अत्यधिक वर्षा र जलवायु परिवर्तनबीचको सम्बन्धबारे चिन्ता बढाएको छ । 

प्रकाशित मिति:
थप विश्व