नेभिगेशन

बागमतीका मुख्यमन्त्री बानियाँकाे राजीनामा

काठमाण्डाै – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिनुभएको छ । आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन साउन ६ गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोज्नुभएको थियो । तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । नेपाली कांग्रेसका ३६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६, एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

प्रकाशित मिति:
थप राजनीति