नेभिगेशन

नेप्से सामान्य घट्याे, साढे ५ अर्ब रुपैयाँकाे काराेबार

काठमाण्डाै – हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २.०१ अङ्कले घटेर २ हजार ६४१.८२ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज २०१ वटा कम्पनीको शेयर घटेकोमा ७२ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज फर्स्ट माइक्रो फाइनान्स लघुवित्त र महिला लघुवित्तको शेयर साढे ६ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सर्वाेत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको शुक्रवार ४ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीका १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ