नेभिगेशन

इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्‍याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

ट्रम्पले फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा यदी ओमानले बाधा पुर्‍यायो भने उनीहरूमाथि व्यापक बमबारी गर्ने धम्की दिनुभएको हो । ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा अमेरिकाले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

साथै उहाँले इरानलाई आत्मसमर्पण गर्न आग्रह गर्नुभएको बीबीसीको खबरमा उल्लेख छ । इरानको विदेश मन्त्रालयले हिजो दुवै पक्ष संयुक्त घोषणापत्रमा काम गरिरहेको बताएपछि ट्रम्पको पछिल्लो प्रतिक्रिया आएको हो ।

इरानले हर्मुज जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयासविरुद्धको दबावका रूपमा प्रयोग गरेको छ ।

शुक्रवार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गर्नुभएको थियो भने इरानले यो महत्त्वपूर्ण ऊर्जा मार्ग ‘इरानकै नै रहने’ जवाफ दिएको थियो । अमेरिकी–इजरायली इरान युद्ध शुरु हुनुअघि हर्मुज जलमार्ग खुला अन्तर्राष्ट्रिय जलमार्ग थियो ।

यसबाट विश्वको ऊर्जा ढुवानीको ठूलो हिस्सा र अन्य वस्तुहरू निर्यात हुन्छन् । इरानको तट हर्मुजको उत्तरतिर छ भने ओमान दक्षिणतिर छ ।

प्रकाशित मिति:
थप विश्व