नेभिगेशन

लगातार दुई दिन बढेको सुनको भाउ आज घटबढ भएन : चाँदीको भाउ घट्यो

काठमाण्डौ — लगातार दुई दिन बढेको सुनको भाउ आज घटबढ भएको छैन । आज सुनको भाउ हिजो सोमवार जस्तै तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि अस्ति आइतवार र हिजो सोमवार सुनको भाउ बढेको थियो । आइतवार सुन तोलाको ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७७० रुपैयाँ रहेको चाँदी आज घटेर तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

अस्ति आइतवार चाँदीको भाउ तोलाको ४ हजार ७१० रुपैयाँ रहेको थियो ।
 

प्रकाशित मिति:
थप अर्थ