नेभिगेशन

युक्रेनको आक्रमणमा बेलायतले ‘सहयोगी’को भूमिका निर्वाह गरेको रुसको आरोप

युक्रेनलाई उपलब्ध गराएका बेलायतमा निर्मित ड्रोन रुसभित्र सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचारपछि रुसले बेलायतलाई त्यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ ।

सन्डे टाइम्सले दुई बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनले रुसी भूभागभित्रका लक्ष्यमा प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशित गरेपछि रुसी चेतावनी आएको हो । लन्डनमा रहेको रुसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा ‘सहयोगी’ को भूमिका निर्वाह गरेको आरोप लगाउँदै द्वन्द्वलाई जानाजानी थप चर्काउने बाटो रोजेको बताएको छ ।

सन्डे टाइम्सका अनुसार ड्रोन उत्पादनमा संलग्न दुई कम्पनीमध्ये एउटा बेलायती प्रमुख रक्षा कम्पनी बीएई सिस्टम्सको सहायक कम्पनी हो । सुरक्षा कारण उसले अर्को कम्पनीको नाम सार्वजनिक गरेको छैन ।

बेलायतको रक्षा मन्त्रालयले यस विषयमा तत्काल टिप्पणी नगरेको समाचार संस्था एएफपीले जनाएको छ । रुसी दूतावासको पछिल्लो चेतावनीले बेलायत र रुसबीचको तनाव थप बढ्न सक्ने सङ्केत गरेको छ ।  

प्रकाशित मिति:
थप विश्व