नेभिगेशन

पाकिस्तानकाे सर्वाेच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट शिफा इन्टरनेशनल अस्पताल सार्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको ३ सदस्यीय इजलासले आज पूर्वप्रधानमन्त्री खानको अस्पताल भर्नासम्बन्धी निवेदनमा सुनुवाइ गरेको हो । उहाँलाई आउँदो सेप्टेम्बर १६ मा हुने अर्काे सुनुवाइ नभएसम्मै अस्पतालमै राखिने बीबीसीले जनाएको छ ।

सर्वाेच्चले अडियाला जेलका सुपरिटेन्डेन्टलाई अदालतको अवहेलनासम्बन्धी सूचना पनि जारी गरेको छ । अदालतले इमरान खानको स्वास्थ्य अवस्थासम्बन्धी सम्पूर्ण मेडिकल रेकर्डहरू पेश गर्न निर्देशन दिएको छ ।

अदालतले अधिकारीहरूलाई इमरान खानले हरेक हप्ता आफ्ना परिवारका सदस्यहरूसँग भेटघाट गर्ने सुनिश्चित गर्न पनि आदेश दिएको खबरमा उल्लेख छ ।

साथै सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख र उहाँविरुद्ध विचाराधीन सबै मुद्दाबारे पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति:
थप विश्व